बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यी हुन् स्याउमा पाइने औषधिका गुण

दैनिक नेपाल २०७६ फागुन १४ गते ८:०२

काठमाडौं । व्यक्तिले आफूलाई स्वस्थ्य राख्नको लागि बिभिन्न खानेकुरा, शारीरिक कसरत लगाएत बिभिन्न उपायहरू अपनाउने गर्छन् । फलफूलले मानिसलाई आवश्यक पर्ने पौष्टिक तत्व दिन्छ ।

स्याउ खानाले मृगौलामा हुने पत्थरीबाट बँच्न सकिन्छ । यदि तपाईलाई पत्थरी भईसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाई कम हुन्छ ।

यदि तपाईमा कब्जियत वा ग्यास्ट्रिकको समस्या छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ । स्याउमा पाईने फाइबरले पेटको कब्जलाई बिस्तारै बिस्तारै कम गर्दछ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन्छ ।

स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ । स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट पार्दछ भने स्याउको खाँदा तपाईको दाँत पायरिया रहित हुन्छ ।

स्याउको सेवनले मानिसको मस्तिष्कसँग जोडिएको खतरनाक रोग अल्जाइमर बाट बचाउँछ । प्रतिदिन स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभरि बँच्न सकिन्छ । स्याउले मस्तिष्कको कोशिकाको रक्षा पनि गर्दछ । जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ ।

स्याउ वा स्याउको जूसको सेवन गर्नु दम रोगीको लागि निकै फाइदाजनक हुन्छ । स्याउले दमको आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ । स्याउमा पाईने फ्लेभोनोइड्स फोक्सोलाई शक्तिशाली बनाउदछ । जो मानिस प्रतिदिन स्याउको जूस पिउँछ, उसलाई फोक्सोसँग सम्बन्धित रोगहरू निकै कम हुन्छन् ।

स्याउमा पाईने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ ।

बदलिँदो जीवनशैलीमा कोलेस्ट्रोल बढ्नुको समस्याका कारण कम उमेरका बच्चाहरु पनि मुटु रोगको शिकार बनिरहेका छन् । स्याउ खाँदा या स्याउको जूस पिउँदा बढ्दो कोलेस्ट्रोलको मात्रालाई रोक्न सकिन्छ ।

स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ । स्याउको सेवनले शरीरमा टाइप २ मधूमेहको खतरालाई कम गर्दछ । यसमा पाईने तत्वले शरीरमा ग्लूकोजको कमीलाई पुरा गर्दछ ।

स्याउमा पाईने क्याल्शियमका कारण प्रतिदिन स्याउको सेवन गर्दा वा स्याउको जूस पिउँदा हड्डी बलियो हुन्छ । स्याउमा पाईने फाइबर मोटोपनलाई कम गर्नका लागि सहायक बन्न सक्दछ, जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम पर्दछ । साथै स्याउमा पाईने पौष्टिक तत्वले शरीरलाई ऊर्जा दिन्छ ।

प्रतिक्रिया
सम्बन्धित