
काठमाडौं, १३ फागुन । प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डा ‘हाब्रे’ को छालासहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार दिउँसो साढे ३ बजेको समयमा काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका १२ कपनको खरिबोटबाट उनीहरुलाई पक्राउ गरेको हो । सूर्यबहादुर भुजेल, सुकबहादुर लामा, कमला तामाङ र युवराज सापकोट रेड पाण्डाको छालासहित पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेकामध्ये सूर्यबहादुर भुजेलले पछाडि बोकेको कालो रङ्गको झोलाभित्र निलो प्लास्टिकमा बेरेर राखेको अवस्थामा रेड पाण्डाको छाला एक थान बरामद गरेको हो ।
उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उनले बताए।











प्रतिक्रिया