८ मंसिर २०८३, मंगलबार

कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । कालिकोटको नरहरीनाथ गाउँपालिका १ मा यात्रु बोकेको जीप कर्णाली नदीमा खसेको छ ।

नदीमा डुबेर जीप चालक बेपत्ता भएका छन् । जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् ।

रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले बताए। चालकको खोजी भइरहेको छ ।

कर्णाली करिडारको जीरो पोइन्टबाट यात्रु झारेर मोड्ने क्रममा दुर्घटना भएको हो।