
काठमाडौं, १३ फागुन । विद्यालयको जग्गा मिचेर महानगरपालिकाले सडक विस्तार गरेको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पुत्ला दहन गरिएको छ ।
स्थानियले सर्वोच्चको आदेश विपरित विद्यालयको जग्गा मिचेर सडक विस्तार गरेको भन्दै मेयरको पुत्ला दहन गरेका हुन् ।
ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो ।
सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो विस्तार गरिएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् ।











प्रतिक्रिया