मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

काठमाडौंमा श्रेष्ठसँग मिलेर काभ्रेली गुण्डाहरूकाे नयाँ धन्दा, रेष्टुरेन्टमा ‘अपहरण’

दैनिक नेपाल २०७६ फागुन १३ गते १०:२६

काठमाडौं, १३ फागुन । काभ्रेली गुण्डाहरूलाई प्रयोग गरेर एजेकुमार श्रेष्ठले गोपाल पाण्डेलाई कुटपिट तथा अपहरण गरेका छन् ।

शिवरात्रिका दिन श्रेष्ठले काभ्रेली गुण्डाहरूलाई प्रयोग गरेर काठमाडौंको नयाँ बजारस्थित क्याफेडेला एपिक्समा पाण्डेलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । सो घटनाको जाहेरी लिन सोह्रखुट्टे प्रहरीले अनाकानी गरेको छ । सो विषयलाई प्रहरीले पन्छाएर वडा कार्यालयमा पठाउने प्रयास गरेको छ ।

कुटपिट गरेर श्रेष्ठको समूहले पाण्डेसँग रहेको चेकलगायतका सामाग्री लुटेर लगेको छ । श्रेष्ठको समूहले सिल्भर रंगको स्वीफ्ट गाडी प्रयोग गरेको थियो ।

श्रेष्ठ र काभ्रेली गुण्डाहरूले पाण्डेलाई कुटपिट तथा लुटपाट गरेको विषय प्रहरी र काठमाडौं महानगरालिका वडा नम्बर १६ सम्म पुगेकाले वडा कार्यालय गाडी नम्बर खुलाइएको छैन ।

अपहरण र कुटपिटमा प्रयोग भएको गाडी नम्बर र तस्वीर आवश्यक पर्दा सार्वजनिक गरिनेछ । अपहरणमा संलग्न हाइप्रोफाइल एक–दुई जना पनि रहेका छन् । उनीहरूको पनि नाम क्रमश सार्वजनिक गरिनेछ ।

काभ्रेली गुण्डा समूह प्रयोग गरेर पाण्डेलाई अपहरण तथा कुटपिट गरेका श्रेष्ठसँग सो घटनाका विषयमा जानकारी लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । श्रेष्ठले मोबाइल फोन उठाएनन् । उनले एसएमबाट सोधिएको जिज्ञासाको पनि जवाफ दिएका छैनन् ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमामा यो विषय पुगेको छ । प्रहरीमा सोमबार छलफल र सहमतिको प्रयास भएको थियो । तर, श्रेष्ठले राजनीतिक र प्रहरीका उच्च अधिकारीको पावर लगाएर अपहरण र लुटपाट तथा कुटपिटका विषयलाई लुकाउन खोजेको आरोप पीडित पाण्डेले लगाएका छन् ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी प्रमुख डीएसपी सन्तोषसिंह राठौरले घटनाका विषयमा आफूलाई धेरै जानकारी नरहेको बताए । उनले यस विषयमा आफूले बुझेर जवाफ दिने बताएका छन् ।

सोह्रखुट्टे प्रहरीले नयाँ बजारको यो घटनामा आन्तरिक लेनदेनको विषय पनि रहेको संकेत गरेको छ । सोही विषयमा श्रेष्ठको समूहले काभ्रेली गुण्डाहरू प्रयोग गरेर पाण्डेलाई अपहरण गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित