३० आश्विन २०८३, शुक्रबार

बाल्टिमोरका कार्कीले ते-क्वान्दो प्रतियोगिता गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली मूलका ते-क्वान्दो प्रशिक्षक कुमार कार्कीद्वारा संचालित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले एकडेमीले प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

गत फेब्रुअरी २३ आइतबारका दिन बाल्टिमोरमा आयोजित सम्पन्न कार्यक्रममा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिता बारेमा जानकारी गराइएको छ ।

ते-क्वान्दो प्रशिक्षण केन्द्रले आगामी मे १५-१६ दिन बाल्टिमोरमा भब्य तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

उक्त भेटघाट तथा पत्रकार सम्मेलन सहितको कार्यक्रममा करिव ५ सय जति खेलाडीहरुको सहभागिता हुने प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिताका आयोजक कार्कीले बताए ।

नेपाल, भारत, बंगालादेश, अमेरिका, क्यानडा, कोरिया लगायत देशका खेलाडीहरूको सहभागिता हुनेछ ।

उनले धेरै राष्ट्रहरूलाई पत्राचार गरेको बताए । आउने अतिथिहरूको लागि बासको व्यवस्था गरिएको हुनाले कार्यक्रम दुई दिन को भनेता पनि प्रतियोगिता मे १६ का दिन हुनेछ । मे १५ का दिन खेलाडी आउने र दर्ता गर्नेछन् ।