८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने चार पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन् ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका थिए ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन् ।