शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

यी हुन् घाेराही उपमहानगरले पच्चीस लाखमा खरिद गरेकाे घाेडाकाे मूर्ति

दैनिक नेपाल २०७६ फागुन १२ गते ९:३८

घोराही, १२ फागुन । घोडाको दुई वटा पत्लाका कारण दाङको घोराही उपमहानगरपालिका विवादमा परेको छ ।

फागुन १० गते शनिबार घोराही उपमहानगरपालिकाको ट्राफिक चोक अर्थात घुम्राह चोकमा उपमहानगरपालिकाले दुई वटा ढलोटका घोडाको मूर्ति राखेको छ ।

ती दुई वटा घोडाको मूर्तिको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । उदघाटन कार्यक्रममा मेयर नरुलाल चौधरी, नेकपाकी सचेतक शान्ता चौधरी, प्रतिनिधि सभाकी सांसद सुजिता शाक्यलगायतको उपस्थिति रहेको थियो ।

चोकमा राखिएका दुई वटा घोडाको मूल्य २५ लाख रहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत केसीले दुई वटा घोडाको मूर्ति राख्न नगरपरिषदबाट निर्णय गरेर टेण्डर आह्वान गरिएको बताए ।

तर, नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष विष्णुमणि दाहालले घोडाको मूर्ति राख्ने र २५ लाखमा किन्ने विषयमा निर्णय भएको आफूलाई कुनै जानकारी नरहेको बताए ।

घोडाको मूर्ति ललितपुरको बालकुमारीमा रहेको नसला ह्याण्डिक्र्याफ्टले बनाएको हो ।

घोडाको दुई वटा मूर्ति बनाउन २५ लाख खर्च गरेर अनियमितता गरिएको आरोप घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई लागेको छ । घोडाको मूर्तिमा खर्च भएको रकमका विषयमा छानविन गर्नुपर्ने माग स्थानीयले गर्न थालेका छन् ।

घोराही उपमहानगरपालिकाले तुलसीपुर चोकमा पनि घोडाको मूर्ति राख्दै छ । तुलसीपुर चोकमा राखिने घोडाको मूति फाइभरको राखिने प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । फाइभर घोडाको मूर्तिलाई करीव ५ लाख खर्च हुने केसीले बताए ।

नेपाली कांग्रेस दाङका नेताहरू घोडाहरूको मूर्ति के कारणले राखेको हो घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले स्पष्ट जवाफ दिन सकेनन् ।

‘जुम्लाबाट घोराहीमा घोडा ल्याएर व्यापार व्यवसाय गरेको सुन्नमा आएको छ । घोडा र घोराहीको विषयमा आधिकारिक विषयमा त मलाई पनि थाहा छैन’, उनले भने, ‘सुनेका कुराअनुसार घोडा र घोराहीको सम्बन्ध छ भनेर घोडाका मूर्ति राखेर घोराहीको पहिचान दिन खोजेका छौँ ।’

घोराहीको नाम घोडाकै कारण रहेको भन्ने कुनै तथ्य छैन । तर, मेयर चौधरीलाई घोडाका मूर्ति राख्न किन हतार गर्नुप¥यो भनेर घोराहीका स्थानीयले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित