८ मंसिर २०८३, मंगलबार

मुस्ताङमा मलेसियन नागरिकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन ।  नेपाल घुम्न आएका एक मलेसियन नागरिकको मुस्ताङमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६६ वर्षीय राजलिङ्गम रहेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा बिहान साढे १० बजे उनी मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा बेहोस भएर ढलेका थिए।

उपचार गर्न जिल्ला अस्पताल जोमसोम पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।