
काठमाडौं, ११ फागुन । प्रधनमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन बालुवाटारमा मनाएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइदिनुभयो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विहान बालुवाटारमा केक पनि काटेका थिए। छोराको जन्मदिन मनाउन प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली पनि बालुवाटार आएका छन्।

प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओली आजै पुख्यौली थलो तेह्रथुम जाँदैछन्। प्रधानमन्त्री आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।











प्रतिक्रिया