
हेटौँडा, १० फागुन । गृहमन्त्रालयद्वारा शनिबारदेखि यहाँ वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु भएको छ । बैठक हेटौंडा–२, चौकीटोलस्थित होटल एभोकाडोमा सुरु भएको हो ।
सुरक्षा गोष्ठीमा वाग्मती प्रदेशअन्तर्गत् १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरुको सहभागिता छ ।
सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका लागि विभिन्न उपाय, चीन र नेपालको सिमानासम्बन्धी समस्या समाधानका लागि समीक्षा गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।
प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।











प्रतिक्रिया