८ मंसिर २०८३, मंगलबार

विप्लव नेतृत्वको म्याग्दी जिल्ला जनपरिषद् प्रमुख पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्यादी , १० फागुन ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट खटिएको प्रहरी टोलीले मालिका गाउँपालिका–३, आदिवाराबाट उनलाई पक्राउ गरेको हो ।

पुन विभिन्न किसिमका अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले एनसेल टावरमा आगजनी गर्नेदेखि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग चन्दा माग्ने र धम्काउने गर्दै आएका थिए ।