८ मंसिर २०८३, मंगलबार

राष्ट्रपतिद्वारा दोलखा भीमसेनको ‘महाप्रसाद’ग्रहण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा भिमसेको महाप्रसाद ग्रहण गरेकी छिन् ।

भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी हुन् ।

भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्‍याएका थिए ।

दोलखा भिमसेनलाई पसिना आए देशमा अनिष्ट हुने विश्वास गरिन्छ । यसरी पसिना आएमा क्षमा पूजा गरी प्रसाद राष्ट्राध्यक्षले ग्रहण गर्ने परम्परा रहेको छ ।

विक्रम संवत् १९९० सालयता पसिना आएपछि लगातार राष्ट्रप्रमुखहरुलाई यसरी नै महाप्रसाद ल्याउने परम्परा छ ।