
काठमाडौं, १० फागुन । साढे ८ बजेको नेपालगञ्ज उडानमा गम्भिर समस्या आएपछि श्री एयरलाइन्सले टेकअफ गर्नुअघि यात्रु ओरालेको छ ।
विमानमा प्राविधिक समस्या आएको भन्दै एयरहोस्टेजले यात्रुहरुलाई चाँडो उत्रिन भनेकी थिइन् ।
कस्तो प्रकारको प्राविधिक समस्या आयो भन्नेबारे यात्रुलाई जानकारी दिइएको छैन । श्री एयरलाइन्सले समस्या समाधानका निम्ति मर्मत कार्य भइरहेको जनाएको छ ।
टावरसँग अनुमति मागेर टेकअफ गर्ने बेला एयरलाइन्समा समस्या देखिएको थियो ।











प्रतिक्रिया