८ मंसिर २०८३, मंगलबार

शनिबारकाे वर्षाले काठमाडाैंको प्रदूषण केही घट्याे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० फागुन । शनिबार पानी परेपछि काठमाडाैंको प्रदूषण केही घटेको छ ।

शुक्रबार काठमाडाैं रत्नपार्कको हावाको गुणस्तर सूचकांक अक्वा १ सय ६६ माइक्रोग्राम प्रतिमिटर क्यूब पुगेकोमा पानी परेकाे छ ।

गएको २४ घण्टामा रत्नपार्कको अक्वा १ सय ३१ दशमलव १२१ माइक्रोग्राम प्रति मिटर क्यूबमा झरेको वातावरण विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले हावाको गुणस्तर सूचकांक अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने मापदण्ड बनाएको छ ।

अक्वा १ सय ४० भन्दामाथि रहे बसोबासका लागि अयोग्य हुने उसको निष्कर्ष छ । काठमाडाैं उपत्यकामा गाडी र कलकारखानाको धुलोसँगै आगोबाट निस्कने धुवाँ प्रदूषणको मुख्य कारक हुन् ।