८ मंसिर २०८३, मंगलबार

युवती बलात्कार आराेपी डीएसपी अन्तर्वार्ता दिएर हिँड्दै, पक्राउ परेनन्

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । गत २२ माघमा पीडित युवतीले डिएसपी राजकुमार खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी छिन् ।

ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो  । उनी अहिलेसम्म फरार छन् ।

पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन् । पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् । बरु उल्टै आफ्नो बचाउ गर्दै विभिन्न अनलाइनमा अन्तर्वार्ता दिँदै हिँडेका छन् ।’

उनले काठमाडौंको एक अनलाइन च्यानलमा अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको छ ।

प्रहरी वृत्त चापागाउँका पूर्वडिएसपी खिउजूले ०७५ सालको विभिन्न समयमा युवतीलाई यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा खिउजू, उनकी पत्नी, छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभनमा पारेको भनिएको छ ।

प्रहरीले भने खिउजूको खोजीकार्य जारी रहेको बताएको छ । खिउजूलाई पक्राउ गर्न एउटा टिम बनाएर अगाडि बढेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।