८ मंसिर २०८३, मंगलबार

डडेलधुरा महोत्सव वर्षाले प्रभावित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेलधुरा, १० फागुन । डडेलधुरा महोत्सव वर्षाले प्रभावित भएको छ । हावाहुरीसँगको वर्षाले स्टेज र महोत्सवस्थल बै भत्काएको छ ।

प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेलधुरा महोत्सव प्रभावित भएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभावित भएको हो ।

हावाहुरीले महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार अस्त व्यस्त पारेको छ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोराले उद्घाटन गरेका थिए ।

मौसम आएको खराबीका कारण महोत्सव प्रभावित भएको र मौसम सुधार आएपछि महोत्सव संचालनमा आउने उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष लोकराज भट्टले बताएका छन् । महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा सामान्य क्षति पुगेको छ ।