
काठमाडौँ, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर दर्शनसँगै विशेष पूजाआजा गरेकी छन् ।
राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलनअनुसार राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरेका छन् ।
महाशिवरात्रिकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे । राष्ट्रपतिलगायतको उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।















प्रतिक्रिया