९ मंसिर २०८३, बुधबार

चितवन राष्ट्रिय निकुञ्जमा भेटियो नयाँ प्रजातिको चरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ फागुन ।  चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।

बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वाध्यक्ष एवं चराविद् बासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले बिहीबार निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको चरा भेट्नुभएको हो ।

छिपछिपे पानीमा पाइने ‘पूर्वीय कुलबारी’ चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमा पहिलोपटक भेटिएको उहाँले बताउनुभयो ।

नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ ।रासस