
पाँचथर, ९ फागुन । छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।
कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले बताउनुभयो ।
पीडित बालिकाकी आमाले दुलाल विरुद्ध प्रहरीमा उजुरी दिएपछि दुलाललाई बिहीबार पक्राउ गरिएको हो । दुलालले यसअघि पनि पटकरपटक दुर्व्यवहार गर्दै आएको पीडितका आफन्तले बताएका छन् ।











प्रतिक्रिया