शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आमा र छाेरी यस कारण भए चर्चित

दैनिक नेपाल २०७६ फागुन ९ गते ७:२८

न्युयाेर्क । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरूलाई सौन्दर्यले चर्चामा पु-याएको हो ।

जेलिन डियाज र उनकी छोरी मिलानी हेर्दामा उस्तै देखिन्छन्, जबकी उनीहरूको उमेर २४ वर्ष फरक छ ।

इन्स्टाग्राममा उनीहरूको तस्विर हेर्नेहरूमध्ये कतिपयले दिदी बहिनी भनेर टिप्पणी गर्ने गरेका छन् । १९ वर्षकी छोरी र ४३ वर्षकी आमाले पोज दिएर फोटो पोस्ट गर्ने गरेका छन् ।

उनीहरूको सम्बन्ध पनि साथीको जस्तै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ । आमा एक स्कुलकी शिक्षिका हुन् । उनी घरमा बस्दा प्राय तातो सुप र चिया पिउछिन् ।

प्रतिक्रिया
सम्बन्धित