दोलखा, ९ फागुन । दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा १५ औं पटक पसिना आएको छ ।
पसिना आउँदा मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्र तथा जनतामा अनिष्ट हुने जनविश्वास रहि आएको छ ।
भीमसेनलाई बाँया भागमा पसिना आउँदा मुलुक र दाँया भाग बाट पसिना आउँदा जनतामा अनिष्ट हुने बिश्वास रही आएको छ । यस पटक शुरुमा बाँयाबाट आएको एक घण्टा पछि दाँयाबाट पनि आएको मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले बताए ।
मुलक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित बाजाहरू बजाई पसिना कपासाले पुछ्ने प्रचलन रही आएको पुजारी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘बिहाना साढे पाँचबजे आउँदा सामान्य भिजेको जस्तो लाग्यो, भक्तजनहरुले नरिवाल फुटाएर पानी हालेको की भन्नेमा परेँ कसैलाई खबर पनि गरिन । पछि झन झन पानीका फोका बनी पसिना आउन लागेपछि ६ बजेर २५ मिनेट जाँदा अरुलाई खबर गरेको हुँ ।’ उनका अनुसार पसिना दुईघण्टा सम्म निरन्तर आएकाे थियाे ।











प्रतिक्रिया