आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नोकिया फोन “आईएफ डिजाइन अवार्ड २०२०” द्धारा सम्मानित

दैनिक नेपाल २०७६ फागुन ८ गते २०:२४

काठमाडौँ, ८ फागुन । एचएमडी ग्लोबलले आफ्नो ६ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएको घोषणा गरेको छ । सम्मानित भएका उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरु मध्ये २ स्मार्टफोन र ४ फिचर फोनहरु छन् ।

आईएफ डिजाइन पुरस्कार विश्वको सब भन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आई एफ अन्तराष्ट्रिय फोरम डिजाइन जीएमबीएचले आयोजना गरेको थियो । स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशहरुको ७००० भन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो ।

आईएफ डीजाइन अवार्ड २०२० बाट सम्मानित फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया १ प्लस हुन भने फिचर फोन तर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप हुन् ।

उपभोक्ताहरुको अनुभव मा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता हो । त्यस्तै गरी प्रिमियम डिजाइनको समान सिद्धान्तहरु नोकिया फोनको हरेक पोर्टफोलियोमा लागु हुन्छन् जस्तैः नोकिया ७.२, नोकिया ४.२, र नोकिया ८०० आदि ।

प्रतिक्रिया
सम्बन्धित