१ कार्तिक २०८३, आइतबार

एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत फागुन ८ (बिहीबार) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख रुपैयाँ जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना मंसिर १, २०७६ देखि तीन महिना संचालन गरेको थियो ।

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख रुपैयाँ जितेका हुन् ।

यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख रुपैयाँ पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख रुपैयाँ जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख रुपैयाँ जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या के.सीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए ।

यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

यसअघि पुष १६ मा सिराहाका जितेन्द्र कुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार १० लाख रुपैयाँ ग्रहण गरिसकेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो ।

योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।