९ मंसिर २०८३, बुधबार

विप्लव समूहको लेखक संघका केन्द्रीय सदस्य पौडेल पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध बृहस्पति पौडेल (वीपी विद्रोही)लाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले पौडेललाई कालीमाटी पुल नजिक पक्राउ गरेको हो । कास्कीको मादी–३ स्थायी घर भएका पौडेल कुलेश्वर अपार्टमेन्टमा बस्ने गरेका थिए ।

पौडेलको साथबाट क्रान्तिकारी कम्युनिस्ट सम्बद्ध विभिन्न पुस्तकहरू फेला परेको कालीमाटी वृत्त प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले जानकारी दिए ।

विप्लव समूहमा रही साहित्यीक क्षेत्रमा सक्रिय रहेका पौडेल प्रगतिशील लेखक संघ कास्कीका सहसचिव पनि हुन् । उनी कालीमाटीमा प्रोटोकल नेपाल प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि अनुसन्धान जारी रहेको डिएसपी कुँवरले जानकारी दिए ।