१ कार्तिक २०८३, आइतबार

बाँस्काेटासँगकाे विषयमा कुनै संलग्नता छैन : स्वीस दूतावास

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीसँग ७० करोडको कमिशन मागेको अडियो सार्वजनिक भएको विषयमा नेपालस्थित स्वीजरल्याण्ड दुतावासले व्यक्तव्य जारी गरेको छ ।

विज्ञप्तिमा उल्लेखित विषयमा बाँस्कोटासँग कुनै किसिमको भेटघाट तथा छलफल नभएको तथा भविष्यमा पनि बैठकका लागि दूतावासद्धारा कुनै सूचना जारी नगरेको स्पष्ट पारेको छ ।

साथै, यस विषयमा दुतावासलाई केही जानकारी नभएको र आफ्नो कुनै किसिमको संलग्नता नरहेको पनि उल्लेख छ ।

समाचारमा एक स्वीस कम्पनीको स्थानीय प्रतिनिधिका रूपमा उद्धृत व्यक्तिसँगको लेनदेनको विषयमा दुतावास जनाकार नरहेको र संलग्नता नरहेको समेत दुतावासले स्पष्ट पारेको छ ।

निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूतावासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूतावासको नाम मुछिएपछि एम्बेसीले वक्तव्यमार्फत सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारकाे खण्डन गरेको हो ।