१ कार्तिक २०८३, आइतबार

नैतिकताका आधारमा राजीनामा दिएँ : बाँस्कोटा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

यसअघि उनले राजीनामा दिएको प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी सदनलाई जानकारी गराएका थिए ।

राजीनामापछि बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

बाँस्कोटाको राजीनामापछि दुई मन्त्रालयमा नेतृत्व खाली भएको छ । गत पुस २५ देखि बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।