
काठमाडौँ, ८ फागुन । नेकपाद्धारा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा अध्ययन गर्न गठीत कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।
नेकपाको केन्द्रीय समितिद्धारा कार्यदलको गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलका सदस्यमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली रहेका छन् ।
अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउन टुंगो लागेको कार्यदल सदस्य भीम रावलले बताएका छन् ।
यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए ।















प्रतिक्रिया