
काठमाडौं, ८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन्।
बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोप तथ्यका आधारमा प्रमाणित गर्नुपर्ने प्रष्ट पारे।
आरोप आफैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ ।सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छन्, उनले थपे , ुकहिले राष्ट्रघात, कहिले विकास निर्माण त कहिले भ्रष्टाचार गरेको आरोप लाग्छ, हामी संघर्ष गर्दै अगाडि बढ्छौं।
सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।











प्रतिक्रिया