९ मंसिर २०८३, बुधबार

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन ।   संसद्को सार्वजनिक लेखा समितिमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल सुरु भएको छ ।

सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा बीचको कमिसनको विषयमा अडियो कुराकानी बाहिरिएपछि छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएका छैनन् ।

समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था छ । तर मन्त्री बाँस्कोटा भने पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित भएका हुन् ।

मन्त्री बाँस्कोटा कार्यक्रमका लागि कञ्चनपुरमा रहेका बताइएको छ ।