९ मंसिर २०८३, बुधबार

दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना, अशुभ संकेत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ८ फागुन । दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । शिलामा लगातार एक घण्टासम्म पसीना आएपछि अहिले दर्शनार्थीको घुँइचो लागेको छ ।

मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने जनविश्वास छ । शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ ।

पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ पुर्‍याउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ पुर्‍याइन्छ ।

वि.सं १९९० पछिका दिनहरुमा भीमेश्‍वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष पुर्‍याउन थालिएको हो।