६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले धोका दिएको भन्दै वडाध्यक्षले शुरू गरे अनशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ८ फागुन । चितवनकाे माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको तथा प्रचण्डले धाेका दिएकाे भन्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलसहितका स्थानीयले आमरण अनशन शुरु गरेका छन् ।

वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) २०७६ पुनः संशोधन हुनुपर्ने, बाँदरझुला र अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारण गर्न वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने , उत्तरी सिमानामा पर्ने रीउ खोला कोरडोरको निर्माण व्यवस्थित गरिनुपर्ने रहेका छन् ।

बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने रहेका छन् ।

‘माडीवासी जनताको तर्फबाट आमरण अनशन’को नाम दिइएको छ । नगरपालिका प्रमुख ठाकुर ढकाल अनशन बस्ने भनिए पनि प्रचण्डकाे दवावमा अनशन बसेनन् ।