बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राससले सक्षम र क्रियाशील रुपमा समाचार उत्पादन गर्नुपर्छ : कानूनमन्त्री कार्की

दैनिक नेपाल २०७६ फागुन ७ गते १९:४०

– मनाेज दाहाल

विराटनगर, ७ फागुन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशील रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् ।

रासस प्रदेश नं १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समिति ५९ औँ वार्षिकोत्सवमा ‘राससको भुमिका ः सङ्घीय कार्यान्वयनमा’ एवं पुरस्कार वितरण समारोहमा उहाँले सो कुरा बताएका छन् ।

सो अवसरमा उनले रासस प्रदेश नं १ भोजपुर जिल्लाबाट उत्कृष्ट जिल्ला समाचारदाता (स्ट्रिङ्गर) युवराज विष्टलाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरेका छन् ।

मन्त्री कार्कीले आगामी दिन कानून बनाई यस क्षेत्रमा रहेका सबै सरकारी माध्यमलाई प्रदेश सरकार मातहत सञ्चालन गरी सङ्घीयताको सफल कार्यान्वयन गरी जनताको विकास र समृद्धिको चाहना पुरा गर्ने बताएका छन् ।

उनले सरकारले लगानी गरेको सञ्चार माध्यमहरुमा जिल्ला समाचारदाता (स्ट्रिङर)ले पाउने पारीश्रमिकले बाँच्न नसक्ने भएकोले त्यसरी संस्था नचल्ने हुनाले यसमा वृृद्धि आवश्यक छ भन्दै सङ्घीयतामा सबै सञ्चार माध्यम राम्ररी सञ्चालन गर्न सरकारको सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले विगतमा पनि रासस प्रदेश कार्यालयलाई सहयोग गरेको स्मरण गदै विश्वसनीय, तथ्यपरक र खोजमूलक समाचारको सम्पे्रषणबाट सङ्घीयताको सफल कार्यान्वयन हुने भने ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारी सञ्चार माध्ययममा स्वतन्त्र विज्ञको नियुक्ति गरेमा निश्पक्षता कायम हुने बताउँदै देशको अनुहार जनतालाई देखाउन सरकारी सञ्चारमाध्यमक सशक्त हुनुपर्नेमा जोड दिए ।

उनले पत्रकारहरुलाई बाँच्न सक्ने अवस्थाको पारश्रमिक उपलव्ध हुनुपर्नेमा जोड दिदै अन्यथ उनीहरुलाई विदेश पलायन हुनाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुईटेलले रासस जनताको पहँचमा निःशुल्क भएमा मात्र सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुग्ने चर्चा गर्दै श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सरकारी सञ्चारमध्यमका पत्रकारहरुको पारिश्रमिक वृद्धि गर्नुका सार्थै करार अथवा लोकसेवाको माध्यमवाट नियुक्ति गर्नु पर्नेमा जोड दिए ।

रासस प्रदेश नं १ का प्रमुख मोहम्मद सदरुलले राससका सचारदाताले दिनरात नभनि सवैका समाचार निश्ष्क्ष ढंगले पस्किने गरेको बताउँदै आगामी दिनमा राससले श्रव्यदृश्य सेवा सुरु गर्ने जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले सङ्घीयतामा राससको सेवा प्रभावकारी भएको भन्दै आगामी दिनमा थप खोजमूलक समाचारमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता जयराम यादव,जिल्ला प्रशासन कार्यालय मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नेत्र कार्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी, विराटनगर–११ वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जिल्लाका विभिन्न पत्रकार सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सञ्चारकर्मीहरु र राससका पूर्व कर्मचारीहरुको उपस्थिति रहेको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित