१ कार्तिक २०८३, आइतबार

कामना सेवा बन्यो कर्पोरेट सुपर सिक्सेसको च्याम्पियन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । एसएस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवास्तब भए र उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।

उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेत खेल मैदानमा नै पुगेका थिए ।

काठमाडौँको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग भी फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।