बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बैंक अफ काठमाण्डू लिमिटेडको २५ औँ वार्षिकोत्सव

दैनिक नेपाल २०७६ फागुन ७ गते १७:३०

काठमाडौँ, ७ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आज फागुन ७ गते एक कार्यक्रमका बीच पत्रकार सम्मेलन आयोजना गरेकोे छ ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालको प्रमुख आतिथ्यता तथा बैैंकको संचालक समिति, व्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरीएको थियो । तत्पश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त समारोहमा उपस्थित सम्पूर्ण उपस्थितहरुलाई विशेष धन्यबाद व्यक्त गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

बैंकले आफ्नो २५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने जानकारी गराएको छ । जस अन्तर्गत बैंकका सबै प्रादेशिक कार्यालयहरुमा प्रभातफेरी तथा विभिन्न संघ संस्थाहरुलाई सहयोग, नेपाल रेडक्रससंगको सहकार्यमा रक्तदान कार्यक्रम, बैंकको आन्तरिक फुटसल प्रतियोगिता तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा बृहत ग्राहक सप्ताह कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।

ग्राहक महानुभावहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै २५औँ वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न “बीओके कृषि कर्जा” सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ ।

साथै ग्राहक महानुभावहरुको आवश्यकता तथा उच्चतम् लाभ लाई मध्यनजर गर्दै बैंकले ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ । विभिन्न सुविधा सहित रु २५ को न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ ।

ग्राहक महानुभावहरुलाई प्रविधिको प्रयोग गर्ने बानीको बिकास गर्न प्रेरित गर्ने उद्धेश्यले बैंकको मोबाइल बैंकिङ्ग “बीओके स्मार्ट” मार्फत गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबार बाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५% नगद फिर्ता हुने योजना समेत सार्वजनीक गरेको छ ।

त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।

साथै, सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न रु ५ लाख सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमलाई चेक हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपाल तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिवर्गहरु तथा सन्चारकर्मी महानुभावहरुmलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आ. व. को दोश्रो त्रैमासको तुलनामा खुद मुनाफामा २०% ले वृद्धि गरी रु ८८ करोड ३८ लाख कमाउन सफल भएको छ ।

साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४% र ९.१४% ले वृद्धि भई क्रमशः रु.९०.११ अर्ब तथा रु.८२.४९ अर्ब पुर्याउन सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित