बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

दैनिक नेपाल २०७६ फागुन ७ गते १५:०२


काठमाडौँ, ७ फागुन । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए ।

उनले यात्राको थालनीलाई औचित्यहीन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए ।

उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याए ।

“त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन, केही अगाडि बढ्दैछन्”, प्रधानमन्त्री ओलीले भने ।

उनले सन् २०३० भित्रमा नेपालले दीगो विकासका लक्ष्यहरू हासिल गर्ने अठोट समेत गरे ।

‘हामी सन् २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरू हासिल गर्ने अभियानमा छौँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले छोटो अवधिमा जनताका आकांक्षा र चाहनाहरू पूरा गर्नुपर्ने चुनौती समेत सरकारसामू रहेको बताए ।

प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ :

प्रतिक्रिया
सम्बन्धित