बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चीनबाट ल्याईएका नेपालीमा कोरोना संक्रमण भेटिएन

दैनिक नेपाल २०७६ फागुन ७ गते १३:५०

काठमाडौं, ७ फागुन । चीनबाट नेपाल ल्याई क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीमा कोरोना संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार परिक्षणको रिपोर्टमा  कोरोनाभाइरस (कोभिड–१९) चीनको बुहानबाट ल्याइएका नेपालीमा नदेखिएको हो ।

पहिलो चरणको परिक्षणमा आएको रिपोर्ट भए पनि उनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ । र, १४ दिनपछि पुनः जाँच गराई घर पठाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित