
काठमाडौं, ७ फागुन । चीनबाट नेपाल ल्याई क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीमा कोरोना संक्रमण भए नभएको बारे आज रिपोर्ट आउने भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार परिक्षणको रिपोर्ट आज सार्वजनिक गरिनेछ । कोरोनाभाइरसलाई (कोभिड–१९) नाम दिइएको छ ।
परीक्षण गर्न ‘पिसिआर’ पोलिमेरेस चेन रियाक्सन प्रविधि अपनाइएको र त्यसबाट कोरोनाभाइरसको जीन भएको वा नभएको भन्ने पत्ता लाग्ने बताइएको छ । चीनको बुहानबाट उनीहरूलाई केही दिन अघि काठमाडौं ल्याइएको थियो ।











प्रतिक्रिया