बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दुर्घटनामा गम्भिर घाइते नेपाली सेनाका मेजरको मृत्यु

दैनिक नेपाल २०७६ फागुन ७ गते १२:५२

काठमाडौं, ७ फागुन । सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते नेपाली सेनाका मेजर इश्वर सिलवालको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।

सबुज गणमा कार्यरत मेजर सिलवाल सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको लु१ग १२३ नम्बरको गाडीमा सवार थिए । २९ माघमा भएको दुर्घटनामा जवान यादवराज ढरेलको घटनास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । अन्यको उपचार जारी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित