
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० बर्षभित्र समृद्धिको यात्रालाई तिव्रताका साथ अघि लग्दै दिगो लक्ष्य हासिल गर्ने दाबी गरेका छन् ।
बुधबार ७० औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा नकारात्मक कुरा गरी अवरोध गर्न खोज्नेलाई पराजित गर्दै उक्त लक्ष्यसम्म पुग्ने सरकारको तयारी रहेको दाबी गरे ।
सरकारले विकासका काममा ध्यान दिएको बताएका उनले समृद्धिको यात्रामा वैदेशिक लगानी, विकास निर्माणमा बाधा निम्त्याउने काम भइरहेकाले यसलाई परास्त गर्नुपरे त्यहि शैलीमा अगाडि बढ्ने प्रधानमन्त्रीको घोषणा थियो ।
सरकारले गर्ने काम धेरै रहेको बताएका उनले कतिपय काम सकिएको, कतिपय चलिरहेको र कुन कुनै सुरु गर्नुपर्ने अवस्थामा रहेको जानकारी पनि दिए ।
उनले सन् २०३० सम्ममा दिगो लक्ष्य हासिल गर्ने अभ्यासमा नै सरकारले विकासलाई महत्वका साथ अगाडि सारेको बताएका थिए । कुटनीतिक सम्बन्धमा नेपालले राम्रो फड्को मारेको दाबी गरेका उनले विश्वमञ्चमा मुलुकको नाम सुनिन थालेको जानकारी दिए ।











प्रतिक्रिया