शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सरकारी गाडी जलाएको मुद्दामा नेवि संघका तीन जनालाई सफाई

दैनिक नेपाल २०७६ फागुन ७ गते १०:२९

काठमाडौं, ७ फागुन । सरकारी गाडी जलाएको अभियोगमा मुद्दा खेपीरहेका नेपाल विद्यार्थी (नेवि) संघका तीन जना कार्यकर्तालाई जिल्ला अदालत कास्कीले सफाई दिएको छ ।

नेवि संघ कास्की जिल्ला अध्यक्ष पर्शुराम बस्नेतसहित डिफान भुजेल र बिनय पौडेलले शुक्रबार सफाई पाएका हुन् ।

कास्की जिला अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले सफाई दिएको हो । उक्त मुद्दामा अधिवक्ता विष्णुप्रसाद शर्मा, रोहितराज बास्तोला, सन्तोष अधिकारी, मुकुन्दराज अर्याल र जगन्नाथ ढकालले बहस पैरवी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित