९ मंसिर २०८३, बुधबार

३२९ जनाको कैद मिनाहा गर्दै राष्ट्रपतिले भनिन्– समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा होस् 

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । ७० औं प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न कारागारमा रहेका ३२९ जनाको कैद मिनाहा गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रजातन्त्र दिवसको उपलक्ष्य पारी प्रकाश थेवेसहितका कैदीबन्दीको सजाय माफ गरिएको बताइएको छ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पनि दिएकी छन् । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा हुने विश्वास लिएकी छन् ।

सन्देशमार्फत भण्डारीले भनेकी छन्,‘मुलुकको आर्थिक सामाजिक रुपान्तरण नेपाली जनताको चाहना हो, त्यो चाहना पूरा गर्न प्रजातन्त्र दिवसले प्रेरणा दिनेछ ।’