३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपालीहरूले सन्चालन गरेका व्यवसायबाट भ्रमण वर्षको प्रचार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । अमेरिकाको बिभिन्न राज्यमा रहेका नेपाली रेष्टुरेण्ट व्यवसायीहरूले भ्रमण वर्षको प्रचार प्रसार गर्न नेपाल भ्रमणको टिर्सट लगायर सर्भिस गरेका छन् ।

अमेरिकामा रहेका नेपालीहरूको पुरानो संस्था एन्माको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य सहित बनेको अभियानले अमेरिकाकाको बिभिन्न राज्यका नेपाली रेष्टुरेण्ट र ब्यवसायहरूमा नेपाल भ्रमण गरौं भन्ने टिर्सट लगायर ग्राहकलाई नेपालको बारेमा थप जानकारी दिदैं सर्भिस गर्ने अभियान चलाइएको हो ।

एन्माका वरिष्ठ उपाध्यक्ष तथा भ्रमण वर्ष प्रवर्द्धन सम्बन्धी टास्क फोर्सका संयोजक तिलक केसीका अनुसार एन्माले अमेरिकाको मुख्य शहरमा रहेका अधिकांश नेपालीद्धारा सन्चालित व्यवसायमा नेपाल भ्रमण वर्ष सम्बन्धी टिर्सट लगायर सर्भिस दिने योजना राखेको बताए ।

संयोजक केसीका अनुसार टिर्सट लगायर सर्भिस गर्दा ग्राहकले थप जान्न चाहेमा पर्यटन बोर्डबाट निमार्ण गरिएका नेपाल सम्बन्धी थप जानकारी दिने फ्यार लगायतका सामाग्री पनि संस्थाले बितरण गरेको छ ।

भ्यालेन्टेन डेको विषेश दिन पारेर शुरु गरिएको अभियानमा एन्माका निवर्तमान अध्यक्ष समेत रहेका बाला घिमिरेले सन्चालन गरेका शिकागोका दुई वटै रेष्टुरेण्टमा पर्यटन वर्ष विशेष टिर्सट अनि सामाग्री सहित सर्भिस प्रदान गरिएको थियो । पर्यटन प्रवर्द्धन गर्न व्यक्तिगत रुपमा समेत अभियान सन्चालन गर्दै आएका घिमिरेका अनुसार ग्राहकहरूले नेपाल सम्बन्धी चासोका साथ धेरै जानकारी लिएका थिए ।

बिस्कन्सनका बिभिन्न स्थानमा संयोजक तिलक केसी आफै बिभिन्न ब्यवासयामा पुगेर टिर्सट तथा सामाग्री बितरण गरेका थिए भने समितिका सदस्य सचिव तथा नेपालको पर्यटन प्रवद्धन गर्दै म्याराथान दौडने डाक्टर ओम दाहाल, डाक्टर दिवाकर दाहाल लगायतले बिभिन्न राज्यमा टिर्सट तथा पर्यटन सम्बन्धी सामाग्री बितरण गरेका थिए ।

संयोजक केसीका अनुसार हाल शिकागो, बिस्कन्सन, न्यूयोर्क, डयाल्लास, लुजियाना, लस एन्जलस लगायतका स्थानमा यो अभियान पुगीसकेको छ भने बिस्तारै अन्य धेरै शहरमा लैजाने योजना एन्माले लिएको छ ।