चन्द्रनिगाहपुर, ८ फागुन । राैतहट जिल्लामा खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर अभय सिंह भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान लगायत दर्जनौं अपराधमा संलग्न मौलापुर–८, सोनरनिया घर ४० वर्षीय कुर्मीलाई मंगलबार राति चन्द्रपुर नगरपालिका ४ स्थित पटेल धन्सार–जंगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा पक्राउ गरिएकाे हाे ।
मंगलबार राति करीब ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियाे । प्रहरीले पटेलको पिछा गर्दै आएको थियो ।
हाइवेबाट करीब २ सय मिटरभित्र जंगलमा गस्तीमा रहेको प्रहरीमाथि कुर्मीले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ गरेकाे थियाे ।
उनको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली समेत बरामद गरिएको खड्काले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतटहका प्रहरी प्रमुख एसपी रविराज खड्काकाअनुसार कुर्मीको बाँया खुट्टामा दुई गोली लागेको छ ।
प्रहरीको गोली लागेर घाइते भएका कुर्मीको चन्द्रनिगापुर अस्पतालमा उपचार भैरहेको एसपी खड्काले बताएका छन् ।
जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ । भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेको एसपी खड्काले जानकारी दिएका छन् ।















प्रतिक्रिया