बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमी फाईनल तथा फाईनल खेल भोलि हुँदै

दैनिक नेपाल २०७६ फागुन ६ गते १९:०१

काठमाडौँ, ६ फागुन । काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन अर्थात भोलि फागुन ७ वुधबार सेमी फाईनल तथा फाईनल चरणका खेलहरु हुँदैछन् ।

पहिलो सेमिफाईनलमा भारतीय दुतावास र एनसेल “ए” तथा दोस्रो सेमिफाईनलमा कामना सेवा विकास बैंक र सिभल बैेंक आमनेसामने हुँदैछन् ।

क्वाटर फाइृनल अन्र्तगत आज भएको पहिलो खेलमा एनसेल ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआआइसी एसिया बैंकलाई ३७ रनले हराउँदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउँदै सेमिफाईनल प्रवेश गरेका हुन् । अब भोलि हुने सेमिफाईनलका विजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् ।

फागुन ३ गते शनिबार देखि काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पाेरेट सुपर सिक्सेस २०२०, सिजन ६ को विजेता घोषणा एंव समापन समारोह पनि भोलि नै हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित