
धादिङ, ६ फागुन । रोकिराखेको ट्रकबाट रड चोरी गरी बिक्री गर्दै गर्दा गजुरी प्रहरीले ट्रकका चालक लाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ सलाङघाट बजारमा रातीको समयमा ना ८ ख २५५२ नं. को ट्रकबाट रड चोरी गरी बिक्री गर्दै गर्दा ईलाका प्रहरी कार्यालय गजुरी धादिङको टोलीले सोहि ट्रकका चालक बारा जिल्ला कलैया नगरपालिका वडा नं.६ घरभई हाल जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने २२ वर्षका सैयद मिया चुरिहारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
रुपन्देहीबाट काठमाण्डौ लैजानको लागि लोडगरी ल्याएको अम्बे टीएमटी-१० लेखिएको ५ बण्डल फलामे डण्डी (रड) चोरी गरी सोही ठाँउका स्थानीयलाई बिक्रि गर्दै गरेको अवस्थामा ट्रक चालक चुरिहारलाई पक्राउ गरियको प्रहरी निरिक्षक पाण्डेले बताए ।
अनुसन्धानका क्रममा ट्रक चालक चुरिहारले उक्त चोरीको सामान खरिद गर्ने, सोहि ठाँउका केही स्थानीयको नाम खुलाएका छन् । प्रहरीले नाम भने गोप्य राखेको छ ।
प्रहरीका अनुसार उनीहरुले नै बिगतदेखीनै ट्रक चालक मार्फत् रातको समयमा विभिन्न किसिमका निर्माण सामाग्री जवरजस्त खरिद गर्ने गरेको बताएका छन् ।
उक्त विषयमा थप अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया