बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दोश्रो राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन फारम खुल्ला

दैनिक नेपाल २०७६ फागुन ६ गते १५:२९

काठमाडाैँ, ६ फागुन । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्युजिक अवार्ड २०७६ को आवेदन फारम खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ३० विधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ वैशाख १ गते देखि फागुन ३० गते सम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने भएका छन् ।

नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी दिइन ।

आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित