बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मलेसिया पुगेका छोरा सम्पर्कमा नआउँदा परिवार चिन्तित

दैनिक नेपाल २०७६ फागुन ६ गते १५:१६

रौतहट, ६ फागुन । ११ महिनादेखि छोरा मलेसियामा बेपत्ता भएपछि परिवारका सदस्य चिन्तामा परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वाडनं ८ बेतौनाका रुपेश खड्का मलेसियामा विगत ११ महिनादेखि सम्पर्कविहीन भएका हुन् ।

अढाइ वर्ष पहिला काठमाडौँस्थित कन्काइ मेनपावरबाट मलेसियामा सेक्युरीटी गार्डमा काम गर्न रुपेश मलेसिया गएका थिए ।

मासिक रुपमा घरमा पैसा पठाउँदै आएका र नियमित परिवारको सम्पर्कमा रहेका रुपेश ११ महिनादेखि सम्पर्कमा नआएको उनका बाबु रामजी खड्काले बताएका छन ।

२३ वर्षका छोराले फोन नगरेको ११ महिना भएपछि उनकी आमा सानु खड्का पिरले मर्न लागेको बाबु रामजी खड्काले बताए ।

कमाउन मलेसिया गएका रुपेश एकाएक बेपत्ता भएपछि मलेसियामा रहेका नेपाली मार्फत खोज्न भनेपनि उनी कसैको सम्पर्कमा नआएको उनका बाबुले बताए ।

मलेसिया स्थित जोरबारु भन्ने ठाउँमा आफूले राम्रै काम पाएको बताउने गरेका रुपेश एक्कासी परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि घरपरिवारमा चिन्तामा परेको छ ।

रामजी खड्काका ४ छोरा मध्यका कान्छा रुपेशको बारेमा खोजबिन गरी पाउँ भन्दै परिवारका सदस्यले काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा निवेदन दिएको भएपनि कहीँ कतैबाट केही पत्ता लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित