
काठमाडौं, ६ फागुन । बलात्कार प्रयासको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएको पत्र सभामुख अग्नी सापकोटाले मंगलबार प्रतिनिधि सभामा सुनाएका छन् ।
अदालतले संसद सचिवालयलाई पठाएको पत्र बैठकमा सुनाएपछि महराले सांसदको हैसियतमा बैठकमा भाग लिने बाटो खुलेको छ । अबदेखि हुने बैठकमा महरा सांसदको हैसियतमा उपस्थित हुनेछन् ।
रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । प्रतिनिधि सभा सदस्यका हैसियतबाट भने उनको राजीनामा भएको थिएन ।
फौजदारी अभियोग लागेर मुद्दा चल्नासाथ सांसद पद स्वतः निलम्बन हुने गरेको छ । अदालतको पत्रले महराका लागि संसद छिर्ने बाटो खुलेको छ ।











प्रतिक्रिया