९ मंसिर २०८३, बुधबार

सुत्केरी र शिशुको मृत्यु भएपछि रंगेली अस्पताल तनावग्रस्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ६ फागुन ।   सुत्केरी र शिशुको मृत्यु भएपछि मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल तनावग्रस्त बनेको छ।

सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएको थियो। सुत्केरी व्यथाले च्यापेपछि रविनालाई सोमबार बिहान ६ बजे अस्पताल भर्ना गरिएको थियो।

त्यसपछि बिहान १० बजे सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रूपमा छोरा जन्माएकी थिइन्। अस्पतालले मृत बच्चा जन्मिएको र त्यसपछि स्वास्थ्य अवस्था असामान्य बन्दै गएर आमाको पनि मृत्यु भएको जानकारी दिएको छ।

आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले घटना भएको भन्दै अस्पताल अगाडि अहिले नाराबाजी र प्रदर्शन गरिरहेका छन्। अस्पतालमा तोडफोडकै अवस्था आएको प्रहरीले जनाएको छ । अस्पताल र मृतक पक्षबीच वार्ताको प्रयास भइरहे पनि हुन नसकेको बताइएको छ ।